Logo

कर्पोरेट-बजार

नेपालमा ईलेक्ट्रिक गाडी ‘ओरा गुड क्याट’को रोड टेस्ट सफलतापूर्वक सम्पन्न


GDP नेपाल
   २१ माघ २०७८, शुक्रबार


ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक गर्न तयार भएको छ । 

ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरुमा सराहनीय प्रदर्शन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चाहे ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, यो गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ ।

अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वालमोटरलाई अगाडी बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्ने बताइएको छ ।

ओरा गुड क्याट सहर, राजमार्ग र अप्ठ्यारो भू–भागमापनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको कम्पनीको भनाइ छ ।

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरु सहितहाम्राविश्वव्यापी टोलीहरुद्धारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गर्दछ । ग्रेटवाल मोटर थाईल्याण्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६००० भन्दा बढी अर्डरहरु प्राप्त गरेको थियो । त्यसकारण हामी ओरा गुड क्याट नेपालमा राम्रोसँग रुचाइने र ग्राहकहरुको आवश्यकता अनुसारको हुने विश्वास राखेका कम्पनीले जनाएको छ ।

ओरा गुड क्याटपछि ग्रेट वालमोटर नेपालले २०२२ भित्र ओरा अन्तर्गत थपदुई ईलेक्ट्रिक गाडीका भेरियन्टहरु लन्च गर्ने योजना बनाएको छ ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह