Logo

कर्पोरेट-बजार

अमेरिका–चीन व्यापारयुद्धको मारमा एप्पल, ट्रम्पद्वारा एप्पललाई चीनबाट फर्कन आह्वान


appharu
   २४ भाद्र २०७५, आइतबार


वासिटन । अमेरिका र चीनबीच चर्किँदो व्यापार युद्धको मारमा संसारकै सबैभन्दा बढी मूल्य भएको अमेरिकी कम्पनी एप्पल परेको छ । आफ्ना अधिकांश उत्पादन चीनबाटै गर्दै आएको यस कम्पनीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वदेश फर्कन आह्वान गरेका छन् ।

ट्रम्पले एप्पललाई आफ्नो उत्पादन चीनको सट्टा अमेरिकाबाटै गर्न आग्रह गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका का छन् । समाचारअनुसार अमेरिकी व्यापारघाटा कम गर्न भन्दै उनले यस्तो आग्रह गरेका हुन् । ट्रम्पले यसअघि पनि एप्पललगायतका अरु अमेरिकी कम्पनीलाई आफ्नो उत्पादन अमेरिकामै गर्न आह्वान गरेका हुन् ।

ट्रम्पले एप्पलका सीइओलाई भेटेर यस्तो आग्रह गरेका भने होइनन् । उनले ट्वीटमा भनेका छन्– चीनमाथि भारी भन्सार लगाइएको छ । जसका कारण एप्पलको मूल्य बढ्न सक्छ ।

उनले अमेरिकामा एप्पलाई शून्य भन्सार सुविधा उपलब्ध गराउने संकेत पनि गरेका छन् । उनले चीनको सट्टा अमेरिकामा आफ्नो उत्पादन गर्न भन्दै अहिलेदेखि नै एप्पलले नयाँ प्लान्ट सुरु गरोस् भनेका छन् ।

ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि ५० अर्ब डलरको भन्सार लगाइसकेको छ भने उनले चीनसँग चलेको व्यापार युद्धको थप विस्तार गर्ने चेतावनी दिएका छन् । यता, चीनले पनि जवाफी कारबाहीको धम्की दिइसकेको छ ।

प्रकाशित : २४ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह