Logo

कर्पोरेट-बजार

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २७ माघ २०७८, बिहिबार


सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह