Logo

कर्पोरेट-बजार

फ्रेट फरवार्डर्स एसोसिएसनमा दोहोरिए कार्की


appharu
   १० बैशाख २०७५, सोमबार


जीडीपी नेपाल । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनको अध्यक्षमा प्रकाशसिंह कार्की पुनःर्निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न संघको १८ औं वार्षिक साधारणसभाले कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संघको अधिकांश पदमा पुरानै पदाधिकारी तथा सदस्यहरू दोहोरिएका छन् ।

कार्कीले गत संसदीय निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य पनि हुन् ।

एसोसिएसनका अनुसार आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा कार्कीसहित प्रथम उपाध्यक्षमा मनोज अधिकारी, द्वितीय उपाध्यक्षमा राजेन्द्र संग्रौला र महासचिवमा सुन्दरप्रसाद दाहाल निर्वाचित भए । यस्तै, कोषाध्यक्षमा नरेशकुमार अग्रवाल, सचिवमा बलराम बन्जारा, सहकोषाध्यक्षमा हरिप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एसोसिएसनको कार्यकारिणी समिति सदस्यमा ईश्वरबहादुर गुरुङ, सुजनकुमार न्यौपाने, प्रनिलमान सिंह प्रधान, सञ्जीव अर्याल, सीता अधिकारी, सहदेव बञ्जारा र मनिषमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । कार्यकारिणी समितिको पहिलो बैठकबाट अध्यक्ष कार्कीले रिक्त कार्यकारिणी समिति सदस्यमा गंगाराम पुडासैनी र गंगाबहादुर रायलाई मनोनीत गरेका छन् ।

यसअघि आयोजित साधारणसभाको पहिलो शत्रमा अध्यक्ष कार्कीले सभामा पारवाहन सहजीकरणका लागि बैकल्पीक बन्दरगाहका विषयमा भइरहेको प्रगतिका विषयमा धारणा राखेका थिए ।
उनले फ्रेट व्यवसायमा मूल्य अभिवृद्धि करको द्विविधा तथा टीडीएसका सन्दर्भमा जानकारी दिएका थिए । यस्तै, संघका संस्थापक अध्यक्ष रवीन्द्रमान सिंह, प्रथम उपाध्यक्ष मनोज अधिकारी महासचिव सुन्दरप्रसाद दाहाल, कोषाध्यक्ष नरेशकुमार अग्रवाललगायतले धारणा राखेका थिए ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह