Logo

कर्पोरेट-बजार

हिमालयन जनरल इन्स्योरेन्सका सीईओ शाहको पदबहाली


GDP Nepal
   १ फाल्गुन २०७८, आइतबार


काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय बहादुर शाहले पदबहाली गरेका छन्

पदबहालीपछि समारोहमा शाहले हिमालयन जनरलले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले वीमा क्षेत्रलाईनै अनुशासित र मर्यादित बनाउदै आएको बताए ।

उनले भने “मैले हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी लिएकोमा गौरवान्वित भएको छु । यथार्थमा भन्नु पर्दा यस क्षेत्रमा हिमालयन ईन्स्योरेन्स ईतिहास वोकेको निर्जीवन वीमा सेवा प्रदायक कम्पनी हो। यस कम्पनीले आफ्नो स्पष्ट धारणा लिएर निर्जीवन वीमाको क्षेत्रमा उत्कष्ठ सेवा प्रदान गर्दै नेतत्वदायी भुमिका लिएर अगाडि बढ्ने मैले प्रण गरेको छु ।”

यस अघि २८ वर्षदेखि कम्पनीमा काम गर्दै आएका सुशील वज्राचार्यले साढे छ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा यस कम्पनीले भविष्यमा पनि आफ्नो व्यवसायिक छविलाई बलियो बनाउदै डिजिटल सेवाको माध्यमवाट समेत निर्जीवन वीमाका ग्राहाकहरुलाई पारदर्शी सेवा प्रदान गर्ने लक्षको साथ अघि वढाएको बताइएको छ ।

नवनियुक्त सीईओ शाहले ४ वर्ष सम्म नेपाल ईन्स्यारेन्स कम्पनी लिमिटेडमा नेतृत्व प्रदान गर्दै उनको नेतृत्वमा उक्त कम्पनीलाई परिवर्तित सन्दर्भमा सकारात्मक छवि दिएका थिए ।

कार्यक्रममा हिमालयन जनरल इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले नेपाल सरकारको लक्ष अनुरुप शाहको कार्यकालमा निर्जीवन वीमाका ग्राहाकहरुलाई वढी भन्दा वढी सेवा प्रदान गर्दै यस उद्यागेलाईनै उचाईमा पुर्याउन योगदान रहने विश्वास व्यक्त गरे । “उहाँबाट निर्जीवन वीमाको क्षेत्रमा यस कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भुमिका निर्वाह हुनेमा संचालक समिति विश्वस्त रहेको छ,” उनले भने ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह