Logo

कर्पोरेट-बजार

सलाम एयरको मस्कट–काठमाडौं उडान, जीएसएमा आइएमई


appharu
   २६ भाद्र २०७५, मंगलबार


काठमाडौं । मध्यपूर्वी राष्ट्र ओमनको निजी एयरलाइन्स कम्पनी सलाम एयरले मंगलबारदेखि मस्कन–काठमाडौं उडान सुरु गरेको छ । यो एयरलाइन्सलाई नेपाल भित्र्याउने श्रेय भने निजी क्षेत्रको स्थापित र प्रतिष्ठित घराना आईएमई समूहले पाएको छ ।

सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित मंगलबार विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त विमानले मंगलबारबाट मस्कट–काठमाडौँ उडान सुरू गरेको हो । उडान सुरुसँगै कम्पनीले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई उडान सञ्चालन गरिरहेको छ ।

सलाम एयरको नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) आईएमई ग्रुपले सम्हालेको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमान क्याप्टेन, को क्याप्टेनलाई स्वागत गरेका थिए । ओमनको सलाम एयरले काठमाडौँमा उडान थालेसँगै नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको संख्या ३२ पुगेको छ ।

सातामा ७ उडानको अनुमति पाए पनि आजदेखि यो एयरले सातामा ४ वटा उडान सुरु गरेको हो । नेपाली समयअनुसार जहाज विहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । ४० मिनेट विमानमस्थलमा रहेर सो विमान ८ः४० मा ओमन फर्कनेछ ।

कम्पनीले १ सय ७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्वारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा,दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटा साथै सलाल र सुहार गरि २ वटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थपगरि १६ वटा गन्तव्यमा आफ्नो हवाइ सेवा विस्तार गरेको छ ।

सलाम एयरले ओमानलगायत अन्य गन्तव्यहरुमा तुलनात्मक रुपमा सस्तो र सुलभ भाडादर कायम गरेको जनाएको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्रहरुमा जाने नेपालीहरुले प्रत्यक्ष लाभ प्राप्तगर्न सक्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने अपेक्षा कम्पनीको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह