Logo

अर्थनीति

प्रधानमन्त्री भन्छन्– जनता खर्चालु भए, खर्च नियन्त्रणका कार्यक्रम ल्याउनुपर्छ


appharu
   २७ भाद्र २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नागरिकमा देखिएको खर्चालु प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपाली जनतामा देखिएको खर्चालु प्रवृत्ति नियन्त्रणका लागि कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय विकास समस्या साधान समितिको ४३ औं बैठकमा ओलीले मागेर नभै कमाएर खाए मात्रै आत्मनिर्भर हुन सक्छौँ भन्ने सन्देश आम जनतामा पु¥याउन विभिन्न मन्त्री, सचिव तथा योजना आयोगका पदाधिकारीलाई निर्देशन दिए ।

नेपालीको अधिकांश कमाइ उपभोगमै खर्च गर्ने नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालका अनुसार भारतमा १ सय रुपैयाँ कमाउनेले ३५ रुपैयाँ बचत गर्दछन् भने चीनमा १ सय कमाउनेले ४५ रुपैयाँ बचत गर्छन् । तर नेपालमा १ सय रुपैयाँ कमाउनेले १० रुपैयाँ मात्र बचत गर्छन् ।

समृद्धिका समन्वय आवश्यक

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताए । अन्तरमन्त्रालय समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

आयोजना निर्माणमा लापरवाही गर्ने र समयमा पूर्वाधार निर्माणको काम नसक्नेलाई कारवाहीको दायरामा ल्याउन उनले निर्देशन दिए ।
उनले भने, “मन्त्रालय र विभागले पूँजीगत खर्च बढाउनेतर्फ जिम्मेवारीका साथ काम गर्नुप¥यो, मुलुकको प्राथमिकताको सूचीमा रहेको एउटै आयोजना ३० वर्षसम्म निर्माण सम्पन्न नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।”

स्रोत विवरण र मानवस्रोत योजना बनाउन निर्देशन दिँदै उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीपलाई सदुपयोग गर्ने र लगानीका लागि प्रेरित गर्ने नीति तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगलाई समेत व्यापक सुदृढीकरण गर्नुपर्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि कृषि, पर्यटनलगायतका क्षेत्रको विकास एवं विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले विकास ठीक ढङ्गले अगाडि बढ्न नसक्दा एउटै परियोजना ३०–३५ वर्षसम्ममा पनि पूरा नहुने स्थिति देखिएको धारणा राखे ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह