Logo

कर्पोरेट-बजार

मुक्तिनाथ जान अब केबलकार बन्दै, ८४ किलोमिटर लामो केबलकारमा ६ स्टेसन हुने


appharu
   २७ भाद्र २०७५, बुधबार


काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ जाने केबलकार बन्ने भएको छ । कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथ जोड्ने यो केबलकारको कुल लम्बाइ ८३.६५ किलोमिटरको हुनेछ ।

यो केबलबारमा ६ वटा स्टेशन हुनेछन् । जसमा बिरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेते, जोमसोमदेखि कागवेनी, र कागबेनीदेखि मुक्तिनाथ जोड्ने छुट्टाछुट्टै स्टेसन हुनेछन् ।

केबलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच हस्ताक्षर भएको छ । कम्पनीले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन थयार गरी बोर्डमा पेश गर्नेछ । कम्पनीका तर्फबाट अरुणकुमार सुवेदी र बोर्डका तर्फबाट सीईओ महाप्रसाद अधिकारीले बुधबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह