Logo

कर्पोरेट-बजार

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १० फाल्गुन २०७८, मंगलबार


सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह