Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   १३ फाल्गुन २०७८, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ ।

बिहीबार तोलामा २५ सय रुपैयाँले वृद्धि भएर ९९ हजार पुगेको छापावल सुन आज ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह