Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १७ फाल्गुन २०७८, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको हो ।

सोमबार तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २०० मा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले घटेसँगै प्रतितोला एक हजार ३३५ रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह