Logo

कर्पोरेट-बजार

सुनको भाउ एक लाख नजिक


GDP Nepal
   १८ फाल्गुन २०७८, बुधबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक लाख नजिक पुगेको छ । आज बुधबार एकै दिन १ हजार ९०० रुपैयाँले सुनको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बधबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १९०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ६०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह