Logo

कर्पोरेट-बजार

अटो शोमा रोयल इन्डफिल्डको थन्डरबर्ड ३५० एक्स् र क्लासिक गन मेटल ग्रे ३५०


appharu
   ३० भाद्र २०७५, शनिबार


काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डथन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सिसि अनावरण गरिएको छ ।


रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि. ले उक्त बाइक शुक्रबारदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रारम्भ भएको नाडा अटो शोमा सार्वजनिक गरेको हो, उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजाइनको उक्त थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल (BS4 Model), ट्युबलेस टायर(tubeless tyre), अलोह्वील (alloy wheel), ह्यान्डलबार(handlebar)का साथै सेतो तथा रातो रङ्गमा उपलब्ध रहेको छ ।

क्लासिक गन मेटल ग्रे तर्फ बिएस फोर मोडल (BS4 Model), डबल डिक्स (Double disk), ब्राउन सिट कभर (Brown seat cover) बिशेषता रहेको छ ।

नेपालमा रोयल इन्फिल्डका मोटरसाइकल दुगड समूह अन्तर्गतको विवेक अटोमोबाइल्सले बिक्री गर्दै आएको छ ।

प्रकाशित : ३० भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह