Logo

कर्पोरेट-बजार

तरलता संकटको दुश्प्रभाव सेयर बजारमा, ६४ अंकले घट्यो नेप्से


GDP Nepal
   १८ फाल्गुन २०७८, बुधबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार ६३.९८ विन्दु अर्थात २.४५ प्रतिशतले ओरालो लागेको छ । वित्तीय प्रणालीमा तरलता संकुचन र ब्याजदर वृद्धिका कारणले सेयर मूल्यमा भारी गिरावट देखिएको जानकारहरु बताउँछन् ।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २५४६.६० बिन्दुमा झरेको छ भने यस दिन ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बुधबार २२८ कम्पनीको ७६ लाख ५२ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । १६ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

घटेका बेला लगानीकर्ताहरु थप आत्तिएर बिक्री गर्ने क्रम बढेसँगै परिसूचक पनि ओरालो लागेको विश्लेषकहरु बताउँछन् ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह