पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई उडानको भाडादर बढाएका छन् ।
निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) ले आन्तरिक उडानमा ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको हो ।
आज (आइतबार)देखि लागू हुने गरी एओएएनले सबैभन्दा बढी विराटनगर–नेपालगन्जको भाडादर बढाएको छ । कम्पनीले जारी गरेको नयाँ भाडासूची अनुसार विराटनगर–नेपालगन्जको भाडादर ५४० रुपैयाँले बढेको छ । यस्तै, सबैभन्दा कम काठमाडौ–सिमराका लागि ९० रुपैयाँ बढाइएको छ ।
प्रतिक्रिया