Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा दाेहाेर अंककाे गिरावट


appharu
   १० बैशाख २०७५, सोमबार


जीडीपी नेपाल

काठमाडाैं, १० बैसाख– साेमबार शेयर बजारमा दोहोरो अंककाे ओरालो अाएकाे छ ।  आइतबार ५० अंकले बढेको बजार आज भने २७.६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको हाे । 
‘क’ वर्गका कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०७ बिन्दुले ओरालो लागेर २९८.०४ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार साेमबार कूल १७० कम्पनीको ३१ लाख १४ हजार ६१८ कित्ता शेयर एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ मूल्यमा कारोवार भएका छन। स्टकका अनुसार सबै परिसूचक ओरालो लाग्दा बजार प्रभावित भएको हो ।
आज बैंकिङ २५.१६, व्यापार ५.९९, होटल ७८.७८, विकास बैंक ३१.५४, जलविद्युत् ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन २९.०८, अन्य १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ बिन्दुले ओरालो लागेको छ ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह