काठमाडौं । नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी नेपाल पे क्यूआर केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ ।
नेपाल पे क्यूआरको औपचारिक थालनीको घोषणा नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) ले केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरी गरेको छ ।
कार्यक्रममा हिमालयन बैंक लि का प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंकलि का प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एन.आइ.सी. एशियाबैंक लि का चिफ स्टे«टजी अफिसर विशाल सिग्देल उपस्थित थिए ।
यस्तै, कामना सेवा विकास बैंक लि का प्रमुख बिजनेस अधिकृत श्री घन श्याम ढुङ्गेल, समृद्धि फाइनान्स कम्पनी लि. का चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रा लि का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थिति रहेको थियो ।
नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त नेपाल पे क्यूआरले नेपालमा क्यूआरबाट हुने भुक्तानीलाई थप प्रवद्र्घधन र सहज गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया