काठमाडौं । नारायणी अटो बिजनेस बालकुमारीमा भेहिकल एक्सचेञ्ज अफर सुरु भएको छ । सात दिनसम्म सञ्चालन हुने यो अफर गत शुक्रबारदेखि सुरु भएको हो ।
नारायणी अटो बिजनेस प्रालि सुजुकी गाडीको आधिकारिक डिलर हो ।
एक्सचेन्न्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नया सुजुकी गाडी साट्न सक्नेछन् । उक्त अफरमा एक्सचेन्न्ज गरि नगद छुट, एक्सचेन्न्ज बोनस, इन्स्योरेन्स सुविधा पाउने जनाइएको छ ।
नारायणी अटो बिजनेस प्रालिका सेल्स प्रमुख प्रज्वल घिमिरेका अनुसार यस अतिरिक्त ग्राहकले नगदमा खरिद गर्दा ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्नेछन् ।
नारायणी अटो बिजनेस प्रालिले विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया