Logo

कर्पोरेट-बजार

नयाँ महिन्द्रा थ्रीएस डिलर र टूएस सब–डिलर चितवनमा


GDP Nepal
   २९ फाल्गुन २०७८, आइतबार


काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले चितवनमा नयाँ थ्रीएस डिलर सुरु गरेको छ ।

सेन्ट्रल अटो जोन (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भरतपुर–९ हाकिमचोक, चितवन र टूएस सब–डिलर, न्यू पञ्चकन्या मोटर पार्ट्स टाँडी, चितवनमा हालसालै उदघाटन गरेको छ ।

सो डिलर र सब–डिलरको उदघाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सेन्ट्रल अटो जोनका प्रबन्ध निर्देशक राजेन्द्र बटाजु, अग्निका प्रतिनिधिलगायतको उपस्थितिमा आइतबार सामूहिक रूपमा भएको थियो ।

अग्नि ग्रुंपले नेपालका विभिन्न स्थानमा आफ्नो नेटवर्कको विस्तार मार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न तत्पर रहेको छ । यसरी नै आगामी दिनहरुमा पनि अन्य थप डिलरहरू र सब–डिलहरूको उद्घाटन गर्ने पनि जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह