Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   ३० फाल्गुन २०७८, सोमबार


नेपाली बजारमा आज सुनचाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ५०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । आइबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह