Logo

कर्पोरेट-बजार

नेपाल अमेरिका उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः किरण शाख


GDP Nepal
   ४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । नेपाल अमेरिका उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः उद्योगी किरण प्रकाश शाख निर्वाचित भएका छन् ।

बुधबार राजधानीमा सम्पन्न संघको २२ औं साधारणसभाले शाखलाई अर्को कार्यकालका लागि निर्विरोध अध्यक्षमा चयन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उदघाटन गरेको साधारणसभाले शाखको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

नौ सदस्यीय नयाँ कार्यसमितिमा डा. गान्धी पण्डित, वीरेन्द्र राजकर्णिकार, सञ्जय अग्रवाल, पवन तुलाधर, बृन्द्रामान प्रधानांग, सुनिल राजभण्डारी, पशुपतिदेव पाण्डे र रजनी राणा चयन भए ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह