Logo

कर्पोरेट-बजार

ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको २५ सदस्यीय कार्यसमिति


GDP Nepal
   ६ चैत्र २०७८, आइतबार


काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारण सभाले व्यवसायी नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकसमेत रहेका व्यवसायी ढकालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको महासचिव राजेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

संघको विशिष्ठ सदस्यमा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ रहेका छन् भने उपाध्यक्षमा ध्रुव कुमार श्रेष्ठ र सञ्जय अग्रवाल रहेका छन् ।

महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवन कुमार अग्रवाल, सचिवद्वयमा तीर्थ बहादुर रोका र मनोज श्रेष्ठ भधेल रहेको संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा अरनिको राजभण्डारी, अरुण के.सी, वाशुमाया तामाङ, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, विरेन्द्र साही, किसन सुनार रहेका छन् ।

यस्तै, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल (सराफ), शम्भु कुमार लामा, साम्बा लामा, सुमित कुमार वन्सल, शुशिल जैन, विनोद सक्तानी र युगेस वादे श्रेष्ठ पनि कार्यसमिति सदस्यमा मनोनित भएको जनाइएको छ ।

संघले नेपाल र इटालीबीच भइरहेको व्यापार व्यवसायलाई अझ व्यवस्थित र विस्तार गरी पर्यटन, सूचना प्रविधि तथा अन्य मेसिनरी वस्तुहरुमा थप लगानी वृद्धि गर्दै दुई देशको व्यापार व्यवसायलाई लगानी मैत्री बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह