Logo

बिजनेस होम

ओलीको प्राथमिकतामा केरुङ–काठमाडौं चिनियाँ रेल, दाहालको चाहना भने लुम्बिनीसम्मै


appharu
   ३ आश्विन २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच चिनियाँ रेल कहाँसम्म ल्याउने भन्नेमा भिन्न धारणा देखिएको छ ।

प्रधानमन्त्री ओली हाललाई केरुङ–काठमाडौं रेलका लागि प्रयाशरत देखिए पनि अध्यक्ष दाहाल भने केरुङ–काठमाडौं हुँदै लुम्बिनीसम्म चिनियाँ रेल पु¥याउनुपर्ने पक्षमा देखिएका छन् ।

बद्ध जन्मस्थल लुम्बिनी भारतको सीमासँग नजिक रहेकाले चिनियाँ जहाज उक्त क्षेत्रसम्म पु¥याउनुपर्ने दाहालको भनाइलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली भने यसमा सहमत देखिँदैनन् । नाकाबन्दीपछि बिग्रिएको भारतसँगको सम्बन्ध बल्ल सुधारको दिशामा अघि बढेकाले तत्काल चिनियाँ रेल लुम्बिनीसम्म विस्तार गर्ने पक्षमा उनी छैनन् ।
बरु, भारत र चीन दुवैसँग सन्तुलित सम्बन्धका लागि रक्सोल–काठमाडौं रेल योजना चाँडो विस्तार गर्ने पक्षमा उनी देखिएको स्रोतले बतायो ।

यता, भारत भ्रमणको २ साता नबित्दै चीन भ्रमणमा पुगेका दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड दिएको राससले लेखेको छ ।

यद्यपि, चिनियाँ रेल अध्ययनकै क्रममा रहेको तथा लागत र प्राविधिक जटिलताका कारणले निर्माण के हुने भन्ने अन्योल नै छ ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह