Logo

कर्पोरेट-बजार

एकै महिना १७ हजार श्रीलंकाली पर्यटक नेपालमा, चिनियाँलाई उछिन्दै भारतपछि दोस्रो स्थानमा


appharu
   ३ आश्विन २०७५, बुधबार


काठमाडौं । नेपालका मुख्य पर्यटन बजार मानिएका भारत र चीनभन्दा दक्षिण एसियाको अर्को छिमेकी देश श्रीलंकाली पर्यटकको आगमन दर उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अगष्ट महिनामा १६ हजार ८ सय ७८ पर्यटक नेपालमा आएकमा छन् । जबकि यो महिना भारतीय पर्यटकको संख्या १९ हजार २ सय ९५ र चिनियाँको संख्या १२ हजार ४८ मात्रै छ ।

संख्याका आधारमा श्रीलंकाली पर्यटक दोस्रो स्थानमा पुगेका छन् भने वृद्धिदरका आधारमा पहिलो । अघिल्लो वर्षको अगष्टको तुलनामा भारतीय पर्यटक ३७.३ प्रतिशतले बढ्दा चिनियाँहरु ६३.९ प्रतिशतले बढेका छन् ।

श्रीलंकाली पर्यटकको संख्या भने त्यसभन्दा पनि बढी अर्थात ७४.५ प्रतिशतले वृद्धि भएको छ । अगष्टमा काठमाडौंमा भएको बिमस्टेक सम्मेलन तथा श्रीलंकाली राष्ट्रपतिले गरेको लुम्बिनी भ्रमणले पनि नेपालमा श्रीलंकालीहरुको संख्या बढेको हो र आगामी दिनमा यो संख्या अझै बढ्ने आकलन गरिएको छ ।

श्रीलंकामा बुद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेकाले नेपालले उक्त मुलुकबाट पर्यटकको दिगो स्रोत प्राप्त गर्नसक्ने देखिएको छ ।
बोर्डका अनुसार अगष्टमा ८६ हजार ६ सय ७९ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको अगष्टमा भन्दा १८.८ प्रतिशतले बढी हो ।

प्रकाशित : ३ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह