Logo

कर्पोरेट-बजार

सेफ्टी रेटिङमा ग्रेट वाल मोटरको ‘हाभाल एच ६’ लाई फाइभ–स्टार


GDP नेपाल
   ९ चैत्र २०७८, बुधबार


ग्रेट वाल मोटर्सको हाभल एच ६ ले अस्ट्रेलियासियन न्यू कार एसेसमेन्ट प्रोग्राम क्रयास परिक्षणमा हालको २०२०–२०२२ सुरक्षा प्रोटोकलहरुका लागि फाइभ–स्टार प्राप्त गरेको छ । जि. डब्लु.एम पिक–अप पजवर पछि यस्तो उच्च मूल्याङ्कन प्राप्त गर्ने एच६ जि. डब्लु.एम को दोस्रो गाडी हो ।
हाभल एच६ ले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत, र सेफ्टी असिस्टमा ८१ प्रतिशत स्कोर ल्याउँदै फाइभ–स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गर्न सफल भएको हो ।

अस्ट्रेलियासियनका अनुसार हाभल एच६ ले साइड इफेक्ट र अब्लिक पोल टेस्ट, फ्रन्ट–र–रियर–सिट अक्युप्यान्ट ह्विप्ल्यास प्रोटेक्सन र फ्रन्टल अफसेट टेस्टमा फ्रन्ट–सिट प्यासेन्जर प्रोटेक्सनमा पूर्णाङ्क पाएको छ । चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा “परप्परागत विशिष्ट बाल प्रतिबन्धहरुको दायरालाई सुरक्षित रुपमा समायोजन गर्ने” एच६ लाई अस्ट्रेलियासियन ले प्रशंसा गरेको छ । यसैगरी टर्न–अक्रस–पाथ इन्टरसेक्सन परिक्षणमा अर्को गाडीसँग ठोक्किनबाट रोक्ने क्षमता भएकोमा ब्ल्ऋब्ए ले हाभाल एच६ को जंक्सन असिस्ट फिचरको पनि प्रशंसा गरेको छ ।

हाभाल एच६ को सक्रिय सुरक्षा सुविधाहरुलाई ब्ल्ऋब्ए ले तारिफ गरेको छ र सबै आपतकालिन लेन राख्ने परिक्षण अवस्थाहरुसँगै कार–टु–कार र कार–टु–साइक्लिस्ट अटोनेमस इमर्जेन्सी ब्रेकिङ क्षमताहरुलाई राम्रो मूल्याङ्कन गरेको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह