Logo

कर्पोरेट-बजार

ईटहरीको सुर्या कम्प्लेक्समा रियलमीको आधिकारीक सर्भिस सेन्टर


GDP नेपाल
   १४ चैत्र २०७८, सोमबार


रियलमीले ईटहरीको सुर्या कम्प्लेक्समा नयाँ आधिकारीक सर्भिस सेन्टर खोलेको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।

सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे । रियलमीको पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाडौँको सुन्धारास्थित सीटिसी मलमा रहेको छ ।

यस सर्भिस सेन्टरमार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह