Logo

कर्पोरेट-बजार

कुँवरको अध्यक्षतामा नेपाल सिंगापुर उद्योग वाणिज्य संघको २५ सदस्यीय कार्यसमिति


GDP Nepal
   १६ चैत्र २०७८, बुधबार


काठमाडौं । नेपाल सिंगापुर उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक कुँवर चयन भएका छन् । संघमा कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

संघको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ रहेका छन् भने उपाध्यक्षहरुमा अमृत प्रसाद द्वा, सञ्जयकुमार अग्रवाल र विनोद ढकाल छन् । यसैगरी महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देव आनन्द सरावगी र दिनेश बज्राचार्य रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजय सिंह बैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दिपेश तुलाधर, आशिष श्रेष्ठ, सरेश लोहनी, तुसारधर तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री एस। खतिवडा रहेका छन् ।

नेपाल र सिंगापुरबीच रहिआएको पर्यटन, वाणिज्य, लगानी, वित्तीय, स्वास्थ्य, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा चेम्बरले अझ टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह