Logo

कर्पोरेट-बजार

यामाहाको नयाँ वर्ष अफर मल्टिप्लाई योर ह्यापीनेस


GDP Nepal
   १७ चैत्र २०७८, बिहिबार


काठमाडौं । यामाहा नेपालले आउँदो वर्ष २०७९ लाई लक्षित गरी नयाँ अफर ल्याएको छ । नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले २०७९ ह १००० गुणाले खुसी बढाउँनुहोस् अफर सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४.=८ हजार ३१६ देखि २०७९×१०० = २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००=२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।

यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइट www.yamaha.com.np मा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।

“ग्राहकहरूको सन्तुष्टि र खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना ग्राहकलाई खुसी बनाउँन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी बितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो ।” यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले बताए ।

यस अफर चैत्र ६ गतेबाट शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह