Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   २२ चैत्र २०७८, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह