Logo

अर्थनीति

कृषि शिक्षाको हव बन्दै टिकापुर


appharu
   १० आश्विन २०७५, बुधबार


काठमाडौँ । भौगोलिक रुपमा विकट र देशकै सुदरपश्चिम भएपनि टिकापुर अब कृषि शिक्षाका लागि हव बन्ने भएको छ । टिकापुरमा कृषि जेटिए र कृषि विज्ञानमा दुईवटा स्नातक क्याम्पस खुलेका छन् ।

सरकारले टीकापुरमा कृषिका विभिन्न शैक्षिक कार्यक्रम लागू गरेपछि स्थानीयवासी खुशी भएका हुन् । यसबाट यस क्षेत्रको मात्र नभई मुलुककै कृषि विकासमा सहयोग पुग्ने विश्वास स्थानीयवासीको छ ।

टीकापुरमा रामपुरको आङ्गिक प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा ५० जना र सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा एक सयजना विद्यार्थी कृषि विज्ञानको स्नातक तहमा भर्ना भएका छन् ।

कृषि विज्ञानमा स्नातक पढाउन थालेका टीकापुर बहुमखी क्याम्पसको ३८० बिगाह र रामपुरको आगिक क्याम्पससँग दश बिगाह जमीन छ ।

टीकापुरमै सिटिभिटिको सम्बन्धनमा टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले ४० जनाका दरले चार समूहलाई तीनवर्षे आइएस्सी कृषि पढाइरहेका छन । ती पोलिटेक्निकले ४० जनालाई तीन वर्षे भेटेरिनरी पढाइरहेको पनि छ ।

यसैगरी ३९ जना सरकारी कर्मचारीलाई १० महिने जेटी कोर्ष पढाइरहेको छ भने कर्णाली मावि टीकापुरले यसै वर्षबाट ४० जनालाई १८ महिने बाली विज्ञानमा जेटिएमा भर्ना लिइरहेको छ ।

 

प्रकाशित : १० आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह