Logo

बिजनेस होम

उद्योग वाणिज्य महासंघमा फेरिँदो समीकरणः ढकालको साथ शेखरलाई


appharu
   १४ आश्विन २०७५, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नै नदिने समूह निष्प्रभावी बन्दै गएको छ ।

गोल्छालाई अध्यक्ष बन्न नदिन विधान संशोधनको तुरुप फालिए पनि अहिले विधान संशोधन समितिका संयोजक पूर्वअध्यक्ष चण्डीराज ढकाल रहस्यमय ढंगले गोल्छासँग नजिकिएका छन् । गोल्छालाई अध्यक्ष बन्ने बाटोमा ढकालले अवरोध नगर्ने भएपछि जसरी पनि गोल्छालाई अध्यक्ष बन्न नदिने समूह भने निराश बनेको छ ।

विधान संशोधन गरेर अध्यक्षमा प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्न ढकालको नेतृत्वमा समिति गठन गरिएको थियो । अध्यक्षमा प्रत्यक्ष निर्वाचनको पक्षमा उपाध्यक्षहरु किशोर प्रधान र उमेशलाल श्रेष्ठ पनि छन् भने अर्का उपाध्यक्ष चन्द्र ढकाल विधान संशोधन नै गर्ने भए पनि शेखर गोल्छालाई भावी अध्यक्षका रुपमा महासंघ सदस्यहरुले म्यान्डेट दिइसकेकाले उनलाई अध्यक्ष बनाएर अर्को पटकबाट मात्रै यस्तो व्यवस्था लागू गर्नुपर्ने पक्षमा छन् ।

वरिष्ठ उपाध्यक्ष गोल्छामाथि महासंघमा अन्याय हुन नदिन कतिपय व्यवसायीहरु सक्रिय बनेका छन् । यस अभियानका मूल खेलाडी मानिएका पूर्वअध्यक्ष ढकाल पनि गोल्छालाई अर्को कार्यकालका लागि अध्यक्षमा सुनिश्चित गरेरमात्रै नयाँ व्यवस्था गर्नुपर्नेमा सहमत भएसँगै विधान संशोधनको हौवा सकिएको हो ।

गोल्छाको पक्षमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासहित उपाध्यक्ष चन्द्र ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसहित एशोसियटका अधिकांश सदस्य छन् । तर, उपाध्यक्ष उमेशलाल श्रेष्ठ जसरी पनि गोल्छालाई अध्यक्ष बन्न नदिएर आफू बन्ने अभियानमा छन् ।

महासंघ अध्यक्ष भवानी राणा भने यस विषयमा हालसम्म तटस्थ भूमिकामा देखिएकी छन् ।

प्रकाशित : १४ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह