Logo

कर्पोरेट-बजार

सुन प्रतितोला ४ सयले घट्यो


GDP नेपाल
   ६ बैशाख २०७९, मंगलबार


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह