Logo

कर्पोरेट-बजार

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा बोनस प्रस्ताव पारित गर्दै सम्पन्न


GDP Nepal
   ९ बैशाख २०७९, शुक्रबार


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा सञ्चालक समितिको बोनस सेयर वितरणसम्बन्धी प्रस्ताव पारित गर्दैै सम्पन्न भएको छ। शुत्रलबार काठमाडौंको लैनचौर बैंङक्वेट्समा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

सभाले कम्पनीको अधिकृत पूँजी बृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पारित गरेको छ । सभामा कम्पनीले आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा समेत पारित गरेको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह