Logo

कर्पोरेट-बजार

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अध्यक्षमा गोविन्द घिमिरे


GDP Nepal
   ११ बैशाख २०७९, आइतबार


काठमाडौं । नेकपा एमाले निकट उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अध्यक्षमा व्यवसायी गोविन्द घिमिरे निर्वाचित भएका छन् । अध्यक्ष घिमिरेसहितका पदाधिकारी तथा सदस्यहरुको शनिबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

घिमिरे नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघका निवर्तमान अध्यक्षसमेत एवं नेपाल निर्यात व्यवसायी महासंघका उपाध्यक्षसमेत हुन् ।

अध्यक्ष घिमिरेले उद्योग व्यापारमार्फत मुलुकको समृद्धिका लागि अघि बढेका व्यवसायीको हक अधिकार सुनिश्चित गर्न तथा नेकपा एमालेलाई हरेक तह र तप्काबाट बलियो बनाउन उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले भूमिका निर्वाह गर्ने जानकारी दिए । उनका अनुसार १६ विभाग, २२ क्लष्टरसहित ८१ सदस्यीय उद्योग व्यवसाय विशेष जिल्ला कमिटी गठन गरिएको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं वागमति सहइन्चार्ज वीना श्रेष्ठ, केन्द्रीय सदस्य डा. अजय क्रान्ति शाक्य, विशेष जिल्ला कमिटी निवर्तमान अध्यक्ष चन्द्र रिजाललगायतले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह