Logo

कर्पोरेट-बजार

महासंघ अध्यक्ष राणाले फ्रान्सेली राजदूतसँग भनिन्– सहकार्य गरौं


appharu
   १७ आश्विन २०७५, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेसँग नेपालमा लगानीका लागि सहकार्य गर्न आग्रह गरेकी छन् ।

राणा र लेजबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कुटनीतिमा जोड दिइन् ।

अध्यक्ष राणाले आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी सम्भावित क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेकी छन् । उनले नेपालमा विशेष गरेर कृषि, पर्यटन, उर्जा, भौतिक पूर्वाधार लगायतका विषयमा लगानीको सम्भावना धेरै रहेको जानकारी गराइन् ।

भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यवासायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले जनाएको छ ।

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए । उनले नियमित रूपमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान एवं सहकार्यका विषयमा गहनरूपमा भेटवार्ता एवं छलफल हुनुपर्नेमा जोड दिए ।
भेटवार्तामा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी पनि सहभागी थिए ।

प्रकाशित : १७ आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह