Logo

कर्पोरेट-बजार

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेसँगै ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार सुन प्रतितोला तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेको छ । बुधबार एक हजार ३४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह