काठमाडौं । नेपाल हाते कागज संघको अध्यक्षमा किरण कुमार डंगोल पुनः निर्वाचित भएका छन् ।
संघको १५ औं वार्षिक साधारण सभाले बिहीबार डंगोलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा राधाकृष्ण धौभडेल, सचिवमा लेटर बहादुर केसी र कोषाध्यक्षमा अन्जना ताम्राकार निर्वाचित भएका छन् ।
संघको सदस्यहरुमा भक्त बहादुर बस्नेत, जुनु जोशी, सरस्वती राई, बेनुदास श्रेष्ठ,
ईश्वर कुमार श्रेष्ठ, पाल्देन शेर्पा र लालहरी श्रेष्ठ निर्वाचित भएको संघले जनाएको छ ।
संघको १५ औं वार्षिक साधारणसभाको बिहीबार उद्योग सचिव अर्जुनप्रसाद पोख्रेलले उदघाटन गरेका थिए ।
प्रतिक्रिया