Logo

कर्पोरेट-बजार

चाडपर्व नजिकिएसंगै तात्याे सरकारकाे अनुगमन, ३ व्यवसाय बन्द


appharu
   १८ आश्विन २०७५, बिहिबार


काठमाडौँ, विगतमा जस्तै यसवर्षपनि चाडपर्व नजिकिएसंगै सरकारले अगुनगमनलाई तिव्रता दिएको छ । अरु समय बजारमा सरकारको उपस्थिती शुन्य जस्तै रहेपनि देशै तिहार र छठ निकिएपछि भने सरकारले अनुगमनलाई तिव्रता दिएको हो ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले यसै सातावाट सुरु गरेको चाडपर्व लक्षित बजार अनुगमन तीन व्यवसाय बन्द गरेको छ । पहिलो चरणमा संगम स्वीट्स बन्द गराएको अनुगमनले दुई पानी बोटलिङ उद्योगमा ताला लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनेपास्थित पञ्च वेभरेज प्रालि र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर प्रालिको उत्पादनमा रोक लगाएको छ ।

विभागको टोलीले अनुगमन गर्दा अनुज्ञापत्र नवोकरण नगरेको, जारमा सुरक्षण शील नलगाएको, प्रसोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ्ग गरेको र प्रसोधित पानीको उत्पादन निर्दे्शिका अनुरुप मापदण्ड पुरा नगरेकोले शीलबन्दी गरी उत्पादनमा रोक लगाइएको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । विभागले मंगलबार बानेश्वर स्थित संगम स्विटमा ताला लगाएको थियो। त्यहाँ पनि मानव स्वास्थ्यमा हानी पुग्ने खाद्यान्न भेटिएको थियो ।

प्रकाशित : १८ आश्विन २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह