इन्जिनमा समस्या देखिएपछि श्रीएयरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ ।
बुधवार काठमाडौंबाट धनगढीका लागि ८० जना यात्रु बोकेर उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।
उक्त जहाज धनगढीका लागि बिहान ११ बजेर ४८ मिनेटमा उडेको थियो । जहाज १२ बजेर ७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गराइएको श्रीएयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया