Logo

कर्पोरेट-बजार

एकैदिन तोलामा १३ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


साताको पहिलो दिन आइतबार आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला १३ सय रुपैयाँले घटेको हो । गत विहिबार प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १३ सयले घटेसँगै ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । गत विहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह