नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैंया ६३ पैसा र बिक्रीदर १२४ रुपैंया २३ पैसा रहेको छ । यस्तै, युरोको खरिद दर १२८ रुपैंया ८८ पैसा र बिक्रीदर १२९ रुपैंया ५१ पैंसा, पाउन्ड स्टर्लिङ एकको बिक्री दर १५१.४५ र खरिद दर १५२.१८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिद दर ८५.५८ रुपैयाँ र बिक्रीदर ८५.९९रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियालको खरिद दर ३२.९६ र बिक्री दर ३३.१२ रुपैयाँ, कतारी रियालको खरिद दर ३३.८५ रुपैयाँ र बिक्री दर ३४.०१ रुपैयाँ, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३३.८२ र खरिद दर ३३.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया