Logo

कर्पोरेट-बजार

आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?


GDP नेपाल
   ५ जेष्ठ २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निरन्तर बढ्दै गएको अमेरिकी डलरको भाउ आज १ डलरको बिक्रीदर १२४ रुपैयाँ ४४ पैसा र खरिददर १२३ रुपैयाँ ८४ पैसा पुगेको छ।

यस्तै, एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ, पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.४१ रुपैयाँ र खरिददर १५३.६६ रुपैयाँ, अष्ट्रेलियन डलरको बिक्रीदर ८७.२६ रुपैयाँ र खरिददर ८६.८४ रुपैयाँ, सिंगापुर डलरको बिक्रीदर ८९.६५ रुपैयाँ र खरिददर ८९.२२ रुपैयाँ कायम गरिएको छ ।

बैंकका अनुसार १० जापानी येनको बिक्रीदर ९.६३ रुपैयाँ र खरिददर ९.५९ रुपैयाँ, चिनियाँ युवानको बिक्रीदर १८.४६ रुपैयाँ र खरिददर १८.३७ रुपैयाँ, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ र कतारी रियालको खरिददर ३३.९५ रुपैयाँ र बिक्रिदर ३४.११ रुपैयाँ पुगेको छ ।

त्यस्तै, यूएईको दिरामको बिक्रीदर ३३.८८ रुपैयाँ र खरिददर ३३.७२ रुपैयाँ, मलेसियन रिंगटको बिक्रीदर २८.३१ रुपैयाँ र खरिददर २८.१७ रुपैयाँ र १०० कोरियन वनको बिक्रीदर ९.८३ रुपैयाँ र खरिददर ९.७८ रुपैयाँ छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह