Logo

कर्पोरेट-बजार

उकालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   ५ जेष्ठ २०७९, बिहिबार


बिहिबार सुनचाँदीको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी तोलामा पाँच रुपैयाले वृद्धि भएको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएसँगै एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह