Logo

कर्पोरेट-बजार

डलर हालसम्मकै उच्च विन्दुमा


GDP नेपाल
   ६ जेष्ठ २०७९, शुक्रबार


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुदको विनमयदर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर अधिकतम १२४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ​१२४ रुपैयाँ ०७ पैसा पुगेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २४ पैसा, युके पाउन्डस्टललिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ ।

बैंकका अनुसार जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा र कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह