Logo

कर्पोरेट-बजार

सत्याल पब्लिकेसनकाे ई लर्निङ एप सार्वजनिक


GDP नेपाल
   ८ जेष्ठ २०७९, आइतबार


काठमाडाै‌ । 

सत्याल पब्लिकेसनले सत्याल द अनलाईन लर्निङ प्लेटफर्म नामक ई लर्निङ एपको निर्माण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै पब्लिकेसनले उक्त एप सार्वजनिक गरेको हो । विद्यालय तथा कलेजका लागि शैक्षिक पाठ्यपुस्तक निर्माण गर्दै आएको यस पब्लिकेसनले यो वर्षदेखि भने ई लर्निङ प्लेटफर्मको पनि विकास गर्ने भएको हो ।

कार्यक्रममा बोल्दै सत्याल पब्लिकेसनका प्रमुख कार्यकारी अधिकृत आर्यन सत्यालले पूरानो शैक्षिक शैलीलाई फेर्न यस एपको निर्माण गरिएको बताए ।

संसारमा विभिन्न टेक्लोनोजीको विकास भइसकेको अवस्थामा नेपालमा भने हालसम्म पनि राणाकालीन शिक्षाको खाका नै लागु भएको जनाउँदै उनले यसलाई परिवर्तन गर्न डिजिटल शिक्षा प्रणालीको विकास गरिएको जनाए ।

‘विद्यालय जाँदा सामान्य पनि ८ ओटा किताबहरु बोक्नैपर्छ त्यसमा पनि लेख्नलाई कपि, खाजा तथा अन्य अतिरिक्त सामान छुट्टै बोक्दा विद्यार्थी र गधामा के फरक भयो र ? हो यही शैक्षीक प्रणालीलाई हेर्दै विद्यार्थीलगाएत शिक्षकका लागि समेत उपयुक्त हुने हिसाबले हामीले यो एपको विकास गरेका हौ’ सत्यालले भने ।

एपमा नर्सरीदेखि हरेक तहको पाठ्यपुस्तक समावेश गरिने जानकारी दिँदै उनले भने ‘हाल कक्षा पाँचसम्मको शैक्षिक पाठ्यपुस्तकहरु तयार भइसकेका छन् अन्य तहको पाठ्यपुस्तक पनि एक महिनाभित्र समावेश गरिने छ ।’

यस एपमा विद्यार्थीहरुले कक्षा लिइरहँदा अन्य एपहरु चलाउन नमिल्ने र परिक्षामा समेत कपि पेस्ट गर्न नसकिने सफ्टवेयरको विकास गरिएको उनले जानकारी दिए । एपमा विभिन्न विद्यायलका शिक्षकहरु आबद्ध हुने भएकाले विद्यार्थी र अभिाभावक आफैले शिक्षक छनौट गरि अध्ययन गर्न सक्ने सत्यालले बताए ।

त्यस्तै, सत्याल पब्लिकेसनको यस अनलाईन प्लेटफर्ममा डिजिटल पार्टनरको भूमीका भने वल्र्डलिंकले निभाउने भएको छ । अनलाईन शिक्षाका लागि इन्टरनेटले मुख्य भूमीका खेल्ने भएपछि डिजिटल पाटोमा भने वल्र्डलिंकसँग सहकार्य गरिएको सत्यालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बल्र्डलिंकका प्रोडक्ट म्यानेजर प्रमेश न्यौपानेले सत्याल अaनलाईन एप प्रयोगकर्ताका लागि कम्पनीले विभिन्न प्याकेजको समेत व्यवस्था गरेको बताए ।

शिक्षालाई थप सहज र डिजिटल बनाउन वल्र्डलिंकले नेपाल क्लाउड नामक डेटा सेन्टरको पनि निर्माण गरेको उनले बताए ।
‘बेलाबेलामा विद्युत कटौती हुँदा सर्भर क्रयास हुने, डाटा हराउने हुन्छ त्यसका लागि हामीले नेपाल क्लाउड लिएर आएका छौ’, उनले भने ‘डिजिटल शिक्षामा यसले सहयोग पुर्‍याउने छ ।’

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह