Logo

कर्पोरेट-बजार

बीवाईडी इलेक्ट्रिक कारको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य


GDP Nepal
   ९ जेष्ठ २०७९, सोमबार


काठमाडौं । नेपालका लागि चिनियाँ इलेक्ट्रिक कार कम्पनी बीवाईडीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ कलाकार हरिवंश आचार्य नियुक्त भएका छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आचार्यलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

साइमेक्स इंकले आयोजना गरेको डिलर मिटको अवसरमा सो सम्झौता सम्पन्न भएको हो । हरिबंश आचार्यले आफ्नो फेसबुक पेजमार्फत यो कुराको जानकारी सार्वजनिक गरेका छन् ।

‘नेपालमा अब विद्युतीय युग सुरु भयो । विद्युतबाट चल्ने विश्वप्रख्यात वातावरणमैत्री गाडी बीवाईडीको मलाई सद्भावनादूत नियुक्त गर्नुभएकोमा साइमेक्स इंक परिवारप्रति शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

बीवाईडीका विद्युतीय गाडी नेपाली बजारमा लोकप्रिय छन् । हाल नेपाली बजारमा बीवाईडीका ई६, न्यु ई६, एम३ र टी३ मोडलका सवारी साधन उपलब्ध छन् । यी मध्ये ई६ को मूल्य ५० लाख, न्यु ई६ को मूल्य ५७ लाख ५० हजार, ७ सिटर एम३ को मूल्य ४२ लाख ५० हजार र टी३ को मूल्य ४० लाख ५० हजार रुपैयाँ छ ।

केही दिनमै कम्पनीले नयाँ मोडलको सवारी साधन एटटो ३ नेपाली बजारमा उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । यसको मूल्य भने अझै सार्वजनिक भएको छैन ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह