Logo

कर्पोरेट-बजार

यामाहाको आर १५ एम नेपाली बजारमा, यस्ता छन् विशेषता


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


यामाहाको सुविधा सम्पन्न बाइक आर १५ एम नेपाली बजारमा प्रवेश गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले उक्त बाइक सार्वजनिक गरेको हो।

जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लञ्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ।

एम र आर- सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस आए १५ एम मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो। र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ(कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले आर १५ एम १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ।

‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो(स्ट्रेश’ कायम गर्न मद्दत पुर्‍याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड–स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ। त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपीएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ।

आर १५ एम १५५ को विशेषताहरूबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ। राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्‍याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू आर १५ एम, १५५ सिसि एलसिभी एसओएच्‌सी फ्युल-इन्जेक्टेड ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो।

ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लचर थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले आर १५ एमलाई अझ विशेष बनाएको कम्पनीको ठम्याइ रहेको छ। यसले १०,००० आरपिएममा १८.४ एचपी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ।

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले आर १५ एमलाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन्।

एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ।

नयाँ मोटरसाइकलमा गियर सिफ्ट इन्डिकेटर, फ्यूल कन्जम्पशन इन्डिकेटर, सिफ्ट–टाइमिङ्ग लाईट, भिभिए इन्डिकेटर-ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर, मोबाइलफोनको ब्याट्री लेभल, मेन्टेनेन्स रिकमेण्डेशन रहेका छन्। त्यस्तै, पार्किङ लोकेशन-मालफङ्शन नोटिफिकेशन र रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ रहेका छन्।

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ।

आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आर १५ एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९०० रहेको कम्पनीले जनाएको छ।

आरवान १५ एमको लञ्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ। रोड टू मोटोजिपी यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन्।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह