Logo

कर्पोरेट-बजार

पर्यटकले नेपालमा खर्चे ६७ अर्ब, नेपालीको घुमफिर खर्च भने ८० अर्ब


appharu
   २२ आश्विन २०७५, सोमबार


काठमाडौं । नेपाल आउनेले पर्यटकले गत वर्ष ६७ अर्ब रुपैयाँ मात्र खर्च गरे पनि नेपालबाट विदेश जानेहरुले भने यसको डेढ गुणा बढी खर्च गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा हाल्र प्रकाशित एक प्रतिवेदनअनुसार नेपालीहरुले गत वर्ष विदेश घुमफिर शीषैकमा मात्रै ७९ अर्ब ५९ लाख रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा नेपालीहरूको यस्तो खर्च ७९ अर्ब ९२ करोड रुपैयाँ खर्च रुपैयाँ थियो ।

नेपालीहरू घुमफिरका लागि छिमेकी भारत र चीनसहित युरोप तथा थाइलान्ड, सिंगापुर, मलेसियालगायतका मुलुकमा जाने गरेका छन् । गत वर्ष ६७ अर्ब खर्चेका नेपालीले यसभन्दा अघिल्लो वर्ष भ्रमणकै लागि भने ५६ अर्ब रुपैयाँ खर्च गरेको तथ्यांक छ ।

तथ्यांकअनुसार नेपालीहरूले पनि नेपालमै पर्यटकीय सिजन सुरु हुने सेप्टेम्बरदेखि नोभेम्बरसम्म घुमफिरमा बढी खर्च गर्ने गरेको विवरणबाट देखिन्छ । अन्य महिनाहरूमा औसत ५ देखि ७ अर्ब रुपैयाँ नेपालीहरूले घुमफिरमा खर्च गर्ने गरेकोमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म २० देखि २५ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।

प्रकाशित : २२ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह