Logo

कर्पोरेट-बजार

चिराग गोयलको अध्यक्षतामा नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम काठमाडौंको नयाँ कार्यसमिति


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । युवा उद्यमी चिराग गोयलको अध्यक्षतामा नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम काठमाडौं च्याप्टरको नयाँ कार्यसमिति गठन भएको छ ।

शुक्रबार सम्पन्न नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभाले गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको हो ।

नयाँ कार्यसमितिको इमिडिएट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साख र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् ।

कार्यसमिति सदस्यमाआप्पा शेर्पा, क्षितिज तामाङ, ईच्छा मल्ल, रसना श्रेष्ठ, निर्देश द्वा, निषित मित्तल र अनुभव श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गोयलका अनुसार युवा उद्यमीहरुको साझा फोरमका रुपमा विकास गर्दै एनवाईईएफ काठमाडौंले उद्यमशीलता विकास र विस्तारका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्नेछ ।

नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने अध्यक्ष गोयलको भनाइ छ ।

“युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने हाम्रो प्राथमिक कार्य हुनेछ भने उद्योग वाणिज्य महासंघसँग मिलेर नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु,” गोयलले भने ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह