Logo

कर्पोरेट-बजार

सरकारले ‘कारबाही’ गरेका कंसाकार पर्यटन क्षेत्रका वर्ष व्यक्ति, मन्त्री अधिकारीले नै गरे सम्मानीत


appharu
   २३ आश्विन २०७५, मंगलबार


काठमाडौं । सुगतरत्न कंसाकार अर्थात नेपाल एयरलाइन्सका कार्यकारी अधिकारविहीन महाप्रबन्धक ।

मृत्युशैयामा पुगेको निगमलाई नयाँ जहाज खरिद गरेर पुनः तङ्ग्राउने प्रयाशमा सफलता प्राप्त गरिरहेका कंसाकारलाई केपी ओली सरकारले हातखुट्टा बाँधेर विवादास्पद पूर्वमहाप्रवन्धक मदन खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेपछि उनी मुद्दा मामिला नगरी सेरेमोनियल भूमिका सीमित छन् ।

नेपाल एयरलाइन्सको पछिल्लो अढाइ दशक लामो अवधिमा डेड दर्जन बढी अध्यक्ष र महाप्रवन्धक फेरिए पनि जहाज थप्ने कुरामात्रै गर्दै आएका तर व्यवहारमा भने कसैले सिन्को भाँच्ने काम नगरेको पृष्ठभूमिमा सुगत भने फरक रहे । अर्थात उनकै अगुवाईमा निगमले २ वटा न्यारो बडी र २ वटा वाइड बडी जहाज थप्न सक्यो ।

सरकारले कंसाकारमाथि पूर्वाग्रह साँचेको त प्रष्टै थियो, त्यसैले निगमको उन्नति चाहने नेपालको पर्यटन क्षेत्र भने सँधै सुगतको साथमै थियो ।

पर्यटन व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)को नेपाल च्याप्टरले कंसाकारलाई सोमबार राजधानीमा भव्य सम्मान दियो– पर्सनालिटी अफ द इयर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कंसाकारलाई यो वार्डबाट सम्मानीत गरे । अधिकारी स्वयंले प्रधानामन्त्री ओलीको दवावमा कंसाकारको हातखुट्टा बाँधेर खरेललाई कार्यकारी बनाउने प्रस्ताव यसअघि मन्त्रिपरिषदमा लगेका हुन् ।

आफैंले दण्डित गरेका व्यक्तिलाई आफैं सम्मान गर्ने पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विचित्र चरित्र देखेर भने सहभागीहरु सोमबारको कार्यक्रममा खासखुस गरिरहेका थिए ।

पर्यटन क्षेत्रमा वर्षभर उत्कृष्ठ योगदान पु¥याउनेहरुलाई पाटाले बर्सेनि यस्तो वर्ष व्यक्ति सम्मान प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह